Logo

नेप्सेको उकालो यात्रा कायमै, ४९ अंकले बढ्दा पौने ७ अर्बको कारोबार

नेप्सेको उकालो यात्रा कायमै, ४९ अंकले बढ्दा पौने ७ अर्बको कारोबार



काठमाडौं । अघिल्लो हप्तादेखि बढ्न सुरु गरेको नेप्से परिसुचकले निरन्तरता पाएको छ । केही दिनयता लगातार रुपमा उच्च रुपमा बढेको नेप्से परिसुचक मंगलबार पनि ४९ अंकले बढ्न पुगेको छ ।

मंगलबार समग्र नेप्से परिसुचक २ हजार ८३४ अंकमा पुगेर अडिएको छ । पछिल्लो समय कोरोना संक्रमण बढेसँगै लकडाउनको हल्लाले लगानीकर्ताहरु बजारमा प्रवेश गर्न थालेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

बजारमा जलविद्युत, फाइनान्सलगायतका समुहका लगानीकर्ताको आकर्षण बढेको छ । मंगलबार बजारमा फाईनान्स, जलविद्युत लगायतका कम्पनीको सेयर मुल्य बढेर सर्किट लागेको छ ।

मंगलबार करिव ५० अंकले बढेको बजारमा ६ अर्ब ७२ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । जसमा २३२ कम्पनीको १ करोड १९ लाख कित्ता सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्