Logo

एकैदिन ६ सयले बढ्यो सुन, तोलाको ५१ हजार नजिक, चाँदीमा पनि ५ रुपैयाँ बृद्धि

एकैदिन ६ सयले बढ्यो सुन, तोलाको ५१ हजार नजिक, चाँदीमा पनि ५ रुपैयाँ बृद्धि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य उच्च रुपमा बढेको छ । केही समयता उकालो लागेको सुनको मुल्य आज प्रतितोला ६ सय रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ५० हजार ३ सय रुपैयाँमा कारोवार भएको सनु आज ५० हजार ९ रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले जानकारी दिए ।

‘नेपाली बजारमा सुनको मुल्य अन्तराष्ट्रिय बजारमा भएको मुल्य बृद्धि र डलरमा भएको मुल्य बृद्धि अनुसार तोकिन्छ,’ उनले भने, ‘पछिल्लो समय डलर तथा सुनको मुल्य दुवै बढिरहेको छ ।’ डलरको मुल्य बढ्नेक्रमसँगै स्थानीय बजारमा सुनको मुल्य अझै बढ्ने उनले जाकारी दिए ।

मंगलबार चाँदीको मुल्य पनि बढेको छ । सोमबार प्रतितोला ५ रुपैयाँले बढेर प्रतितोला ६ सय ८० रुपैयाँमा कारोवार भएको चाँदी आज पुनः ५ रुपैयाँले बढेर ६ सय ८५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL