Logo

हकप्रद र बोनस डिम्याटमै दिन बोर्डको निर्देशन, सम्बन्धित खातामा जम्मा गरिदिन आग्रह

हकप्रद र बोनस डिम्याटमै दिन बोर्डको निर्देशन, सम्बन्धित खातामा जम्मा गरिदिन आग्रह


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । धितोपत्र बोर्डले लगानीकर्तालाई हकप्रद र बोनस सेयर डिम्याट (अभौतिक) गरेर दिन निर्देशन दिएको छ । हाल नेपाल स्टक एक्स्चेञ्ज फुल अटोमेशनमा गएको र त्यतिकै दिँदा पुनः डिम्याट गर्नुपर्ने झण्झट हुने भएकाले पहिला नै डिम्याट गरेर दिन दिर्नेशन दिइएको बोर्डका प्रवक्ता निरज गिरीले बताए ।

उनका अनुसार त्यसरी अभौतिक गरिएका सेयर सम्बन्धित व्यक्तिको खातामै जम्मा गरिदिन समेत बोर्डले दिर्नेशन दिएको छ । ‘हामीले सम्पूर्ण सुचिकृत कम्पनीलाई हकप्रद र बोनस सेयर अभौतिक गरी सम्बन्धित व्यक्तिको खातामा जम्मा गरिदिन आग्रह गरेका छौं,’ उनले भने, ‘जसले गर्दा लगानीकर्ताहरु दोहोरो झण्झबाट मुक्त हुनेछन् भने तत्काल कारोवार गर्न समेत सजिलो हुने छ ।’ साथै, बजारमा तरलता समेत तत्काल बृद्धि हुने बोर्डको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
MBL