Logo

३ अंकले बढ्यो नेप्से, बैंकिङ समुहले कमाए अरुले गुमाए, कारोवार रकम पनि घट्यो

३ अंकले बढ्यो नेप्से, बैंकिङ समुहले कमाए अरुले गुमाए, कारोवार रकम पनि घट्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसुचक सामान्य रुपमा बढेको छ । बजार खुलेको केही समय उच्च रुपमा बढेको नेप्से परिसुचक अन्तमा सामान्य मात्र बढेको हो ।

बजार खुलेको केही समय १ हजार २ सय ३० अंकभन्दा माथी पुगेको नेप्से परिसुचक अन्तमा १ हजार २ सय २२ अंकमा झरेर अडिएको छ ।

बजारमा सवैभन्दा बढी बैंकिङ समुहका लगानीकर्ताले कमाएका छन् । सोमबार सवैभन्दा बढी बैंकिङ समुहको परिसुचक ६ दशमलव ६६ अंकले उकालो लागेको छ । सो समुहको परिसुचक बढेसँगै समग्र नेप्से परिसुचक नै उकालो लागेको हो । यस्तै, बीमा र फाइनान्स समुह भने सामान्य रुपमा बढेका छन् । तर, विकास बैंक, जलविद्युतलगायतका समुह भने ओरालो लागेका छन् ।

अघिल्लो दिनको तुलनामा कारोवार रकममा पनि गिरावट आएको छ । आइतबार ५४ करोड रुपैयाँ बरावरको ८ लाख कित्ताभन्दा बढी सेयर कारोवार भएकोमा सोमबार ४९ लाख रुपैयाँको ७ लाख ५६ हजार कित्ता सेयर मात्र कारोवार भएको छ । दिनभर कुल ९९ कम्पनीको सेयर मात्र कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL