Logo

३० अंकले घट्यो नेप्से, ४ अर्ब ६२ करोडको कारोबार

३० अंकले घट्यो नेप्से, ४ अर्ब ६२ करोडको कारोबार



काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३० अंकले ओरालो लागेको छ । पछिल्ला ३ दिन लगातार बढेर २७ सय विन्दु पार गरेको बजारमा आज ३० दशमलव ७५ अंकको गिरावट आउँदा बजार २६ सय ४९ अंकमा पुगेको हो ।

आज बजारमा कारोबार भएका २ सय ३६ कम्पनीको ९५ लाख ५९ हजार ४ सय २९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ६२ करोड १५ लाख रुपैयाँ पुगेको छ ।

आज कुल १३ समुहमध्ये जलविदुत र फाईनान्स बाहेक सबै समुहको परिसुचक ओरालो लागेको देखिन्छ । जसमा सबैभन्दा बढि गिरावट निर्जिवन बीमा समुहमा देखिन्छ ।

यसको परिसुचकमा आज २ सय २८ अंकको गिरावट आउँदा जिवन बीमा समुहको परिसुचक १ सय १० अंकले ओरालो लागेको छ । यस्तै बजारमा धेरै प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा आज २७ प्रतिशतको गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्