Logo

७ अंकले बढ्यो नेप्से, ५४ करोडको कारोवार, सवै समुह हरियो

७ अंकले बढ्यो नेप्से, ५४ करोडको कारोवार, सवै समुह हरियो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक ७ दशमलव ३ अंकले बढेको छ । बजारमा खुलेदेखि नै उकालो लागेको नेप्से परिसुचक अन्तमा १ हजार २ सय १९ दशमलव ६२ अंकमा पुगेर अडिएको छ ।

बजारमा सवै समुहका परिसुचक उकालो लागेका छन् । जसमध्ये सवैभन्दा बढी होटल समुहको परिसुचक ३६ अंकले बढेको छ । यसैगरी, विकास बैंक समुह पनि २४ दशमलव ६९ अंकले उकालो लागेको छ । बजारमा सबैभन्दा बढी प्रभाव पार्ने बैंकिङ समुह पनि ५ दशमलव ३८ अंकले बढेको छ । यसैगरी, फाइनान्स, बीमा र जलविद्युत समुह भने सामान्य उकालो लागेका छन् ।

बजारमा दिनभर कुल १ सय कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीका ५४ करोड १७ लाख रुपैयाँ बरावरको ८ लाख १ हजार कित्ता सेयर कारोवार भएको छ । बजारमा सबैभन्दा बढी बैंकिङ समुहको सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL