Logo

प्रतितोला ३५० ले बढ्यो सुन, चाँदिमा पनि १० रुपैयाँ बृद्धि

प्रतितोला ३५० ले बढ्यो सुन, चाँदिमा पनि १० रुपैयाँ बृद्धि


बिजखबर संवाददाता
27
Shares

स्थानीय बजारमा सुनको मुल्य उच्च रुपमा बढेको छ । हिजोमात्रै प्रतितोल ५० हजार रुपैयाँ नाघेको सुन आज ५० हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

अघिल्लो दिनमा तुलनामा आज प्रतितोला ३ सय ५० रुपैयाँ बढेर कारोवार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा सुनको मुल्य बढेको र अमेरिकी डलरको मुल्य पनि बढेकाले नेपाली बजारमा दिनानुदिन सुनको मुल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताए ।

लामो समयदेखि स्थिर रहेको चाँदिको मुल्य आज बढेको छ । चाँदि प्रतितोला १० रुपैयाँले बढेर ६ सय ८५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL