Logo

नाडामा नयाँ कार्यसमितिले गर्याे पदभार ग्रहण, थप ३ जना सदस्य मनोनीत

नाडामा नयाँ कार्यसमितिले गर्याे पदभार ग्रहण, थप ३ जना सदस्य मनोनीत



काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)को सदस्यमा ३ जना सदस्य मनोनीत भएका छन् । बुधबार नयाँ कार्यसमितिको पदभार ग्रहण गर्ने कार्यक्रममा अध्यक्ष ध्रुव थापाले हंशराज हुलासचन्द एण्ड कम्पनीका निर्देशक अभिमन्यू गोल्छा, स्याकार ट्रेडिङका जनरल म्यानेजर सोहनलाल श्रेष्ठ र जगदम्बा मोटर्सका निर्देशक दीपक अग्रवाललाई मनोनीत गरेका हुन् ।

गत मंसिर २३ गते सम्पन्न निर्वाचनबाट निर्वाचित अध्यक्षसहित कार्यसमिति सदस्यहरूले आज पदभार ग्रहण गर्ने कार्यक्रममा उक्त सदस्यलार्य मनोनीत गरिएको हो ।

नाडाको विधान अनुसार १७ जना निर्वाचित सदस्य, ७ जना प्रदेशबाट निर्वाचित सदस्य र तीन जना मनोनित सदस्यसहित २७ जना सदस्य रहने व्यवस्था छ । नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष स्वतः कार्यसमिति सदस्य रहने छन् ।

प्रतिक्रिया दिनुहोस्