Logo

२ अंकले बढ्यो नेप्से, रु. ६२ करोडको ८ लाख ८४ हजार कित्ता कारोवार

२ अंकले बढ्यो नेप्से, रु. ६२ करोडको ८ लाख ८४ हजार कित्ता कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बजारमा नेप्से परिसुचक २ दशमलव ३१ अंकले बढेको छ । आइतबार २१ अंकले बढ्दै यस अघिका रेकर्ड ब्रेक गरेको नेप्से सोमबार सामान्य मात्र बढेको छ । बजार खुलेको केही समय उच्च रुपमा बढेको नेप्से परिसुचक मध्य भागमा आएर पुनः घटेको थियो । अन्तमा नेप्से १ हजार २ सय १४ दशमलव ३१ अंकमा पुगेर अडिएको छ ।

बजारमा बैंक, होटल, विकास बैंक तथा जलविद्युत समुह उकालो लागेका छन् । होटल समुह झण्डै ४० अंकले बढ्दा बजारमा प्रभाव पार्ने बैंकिङ समुह ४ दशमलव ७ अंकले मात्र बढेको छ ।

यस्तै, बीमा, फाइनान्स र उत्पादनमुलक समुह भने ओरालो लागेको छ । जसमध्ये बीमा समुह सवैभन्दा बढी ४८ अंकले घटेको छ ।

सोमबार जम्मा ८७ वटा कम्पनीको मात्र सेयर कारोवार भएको छ । दिनभर ६२ करोड ४० लाख रुपैयाँ बरावरको ८ लाख ८४ हजार कित्ता सेयर कारोवार भएको छ । अघिल्लो दिनको तुलनामा सेयर कारोवार संख्या घटेपनि कारोवार रकम भने बढेको छ । आज बैंकिङ समुहको सेयर कारोवार सवैभन्दा बढी भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL