Logo

प्रभु इन्स्योरेन्सको सीईओमा बज्राचार्य, २२ वर्षको व्यवस्थापकीय अनुभव

प्रभु इन्स्योरेन्सको सीईओमा बज्राचार्य, २२ वर्षको व्यवस्थापकीय अनुभव


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सञ्चित बज्राचार्य नियुक्त भएका छन् । इन्स्योरेन्सको बोर्ड संचालक समितिको शुक्रबार बसेको बैंठकले उनलाई सीईओमा नियुक्त गरेको हो ।

बज्राचार्य यस अघि सो कम्पनीमा कामु सीईओको रुपमा कार्यरत थिए । उनी ७ वर्ष देखि सो कम्पनीमा कार्यरत थिए । ११ महिना अघिमात्र उनलाई कामु सीईओको जिम्मेवारी दिइएको थियो ।

उनीसँग राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा गरी २२ वर्षभन्दा बढी व्यवस्थापकिय जिम्मेवारी सम्हालेको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्