Logo

सक्रिय कारोवार हुने मध्ये ९९.९८ कम्पनीको सेयर डिम्याट, १७२ कम्पनी आवद्ध

सक्रिय कारोवार हुने मध्ये ९९.९८ कम्पनीको सेयर डिम्याट, १७२ कम्पनी आवद्ध


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेप्सेमा सक्रिय कारोबार हुने सूचीकृत कम्पनीमध्ये ९९ दशमलव ९८ प्रतिशत कम्पनीको सेयर अभौतिकीकरण (डिम्याट) भइसकेको छ । दैनिक रुपमा कारोवार नहुने तथा मर्जरका कारण कारोवार रोकिएका केही कम्पनीको मात्र सेयर डिम्याट हुन बाँकी रहेको सिडिएस एन्ड क्लियरिङका अध्यक्ष सिताराम थपलियाले जानकारी दिए ।

हालसम्म १ सय ७२ कम्पनीको सेयर सुचिकृत भइसकेका छन् । नेप्सेमा सुचिकृत भएपनि कतिपयको कारोवार नै नभएका कारण समयमै अभौतिकरण नगरेका उनले जानकारी दिए । बाँकी रहेका केही कम्पनीको हस्ताक्षर प्रमाणिकरण नभएका कारण रोकिएको समेत उनको भनाइ छ ।

कम्पनीहरुको धितोपत्र कारोबार, राफसाफ तथा फछ्र्यौट विद्युतीय रुपमा हुने हुँदा निर्धारित समय (t+3) मै स्वामित्व हस्तान्तरण भई धितोपत्रको कारोबार हुने छ । साथै, नेप्से पूर्ण स्वचालित भएकै दिन सेयर बजार परिसूचक आइतबार हालसम्मकै उच्च विन्दु १ हजार २ सय १२ अंकमा पुगेको छ । ‘नेपालको पुँजी बजारमा पारदर्शीता, जवाफदेहिता, प्रभावकारीता, आधुनिकता तथा अन्तर्राष्ट्रिय अवधारणा अनुसार विकास गर्नका लागि स्थापना गरिएको यस संस्थाले आजबाट पूर्ण संचालनमा गएको छ,’ थपलियाले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL