Logo

प्रतितोला २ सयले बढ्यो सुन, ४९ हजार ९ सयमा कारोवार, चाँदी स्थिर

प्रतितोला २ सयले बढ्यो सुन, ४९ हजार ९ सयमा कारोवार, चाँदी स्थिर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य पुनः उकालो लागेको छ । साताको पहिलो दिन प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

अन्तरराष्ट्रिय बजारमा मुल्य बृद्धि भएसँगै नेपाली बजारमा पनि केही दिन यता बढ्न शुरु गरेको सुन आज प्रतितोला ४९ हजार ९ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बजारमा चाँदीको मुल्य भने स्थिर रहेको छ । गत हप्ता प्रतितोला ५ रुपैयाँ बढ्दै ६ सय ८० रुपैयाँमा कारोवार भएको सुन आज पनि सोही मुल्यमै कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL