Logo

आइतबारबाट डिम्याट गरिएका सेयरको मात्र कारोवार, अझै ४ करोड कित्ता डिम्याट हुन बाँकी

आइतबारबाट डिम्याट गरिएका सेयरको मात्र कारोवार, अझै ४ करोड कित्ता डिम्याट हुन बाँकी


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । आइतबारबाट अभौतिकरण (डिम्याट) गरिएका सेयरको मात्र कारोवार हुने भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)लाई फुल अटोमेशनमा लैजाने लक्ष्य अनुरुमा डिम्याट गरिएका सेयरको मात्र कारोवार गर्न लागिएको हो ।

हालसम्म ३५ करोड कित्ता सेयरको अभौतिकरण भइसकेको हुँदा कारोवारमा कुनै समस्या नहुने नेप्सेका महाप्रबन्धक सिताराम थपलियाले जानकारी दिए । ‘दैनिक रुपमा कारोवार हुने प्रायःजसो सेयर डिम्याट भइसकेका छन्,’ उनले भने, ‘साना कम्पनी र दिनहुँ कारोवार नहुने कम्पनीका केही सेयर डिम्याट हुन बाँकी छ ।’

उनका अनुसार हालसम्म ४ करोड कित्ता जति सेयर डिम्याट हुन बाँकी छ । त्यसमा पनि धेरैजसोको ‘सिग्नेचर भेरिफाइ’ नभएकाले अड्किएका छन् । पछिल्लो समय प्रतिमिनेट ३ हजार ७ सय कित्ताको दरले अभौतिकरण भइरहेकाल बाँकी रहेका सेयरको पनि केही समयभित्रै डिम्याट गरिने थपलियाले जानकारी दिए ।

नेप्सेले केही समय अघि मात्र ‘मार्केट डेप्थ’ हेर्न मिल्ने व्यवस्था ल्याएको थियो । तर, सफ्ट वेयरमा समस्या उत्पन्न हुँदा पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन । ट्रेडिङ अटोमेशन सफ्वेयर पुरानो हुँदा पटक–पटक समस्या आउने गरेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । उक्त सफ्टवेयर परिवर्तन नगरेसम्म फुल अटोमेशनमा जाँदा पनि समस्या उत्पन्न हुन सक्ने सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL