Logo

नेप्सेमा कम्पनीले नै सुचना अपडेट गर्न मिल्ने, भित्रि सुचनाको आधारमा हुने कारोवारलाई न्युनिकरण गरिने

नेप्सेमा कम्पनीले नै सुचना अपडेट गर्न मिल्ने, भित्रि सुचनाको आधारमा हुने कारोवारलाई न्युनिकरण गरिने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज लिमिटेडले सम्बन्धित कम्पनीहरुलाई नै नेप्सेको वेवसाइटमा सुचना अपलोड गर्न मिल्ने व्यवस्था ल्याउने भएको छ । हाल यसको लागि अन्तिम चरणमा पुगेको र केही समयभित्रै शुरु गरिने नेप्सेका महाप्रवन्धक सिताराम थपलियाले जानकारी दिए । ‘यस्तो व्यवस्थाले कुनै पनि कम्नपीको भित्री सुचनाको आधारमा गरिने कारोवारलाई निरुत्साहित गर्ने छ,’ उनले भने ।

थपलियाका अनुसार सुचना अपलोड गर्न सम्बन्धित कम्नपीलाई युजर नेम र पासवर्ड उपलब्ध गराइने छ । कुनै पनि कम्पनीको प्रमुख कार्यकारी अधिकृत वा संचालकलाई उक्त पासवर्ड उपलब्ध गराइने छ । ‘कुनै पनि कम्नपीलाई जिम्मेवार बनाएर मात्र युजर नेम र पासवर्ड दिइने छ,’ उनले भने, ‘यदि उनीहरुको गलत सुचना अपलोड गर्दा लगानीकर्तालाई मर्का परेमा त्यसको जिम्मेवारी सम्बन्धित कम्पनीले नै लिनुपर्ने हुन्छ ।’

सम्बन्धित कम्पनीलाई नै अपलोड गर्ने अख्तियारी प्रदान गरेपछि कुनै पनि सुचनालाई चाडै नै दिन सकिने छ । हाल नेप्सेबाट अपलोड गराउँदा केही ढिलाइ भएकोमा आगामी दिनमा सम्बन्धित कम्पनीले आफुले चाहेको वेलामा सुचना राख्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL