Logo

७ अंकले बढ्यो नेप्से, कुमारी बैंकको सवा ८ करोडको कारोवार

७ अंकले बढ्यो नेप्से, कुमारी बैंकको सवा ८ करोडको कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बुधबार नेप्से परिसुचक उकालो लागेको छ । बजार खुलेदेखि उकालो लागेको नेप्से परिसुचक ७ दशमलव ३८ प्रतिशतले बढेको छ । दिनभर बढेको नेप्से अन्तमा १ हजार १ सय ८० दशमलव ९८ अंकमा पुगेर अडिएको छ ।

बजारमा सवैभन्दा बढी जलविद्युत समुह बढेको छ । सो समुहको परिसुचक १ सय १८ अंकले उकालो लागेको छ । त्यसैगरी, बीमा ८५ अंकले बढेको छ भने होटल समुह ४७ अंकले उकालो लागेको छ । तर, बैंक तथा फाइनान्स समुह भने ओरालो लागेका छन् ।

बजारमा दिनभ १ सय ३३ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको ५० करोड रुपैयाँ बरावरको १३ लाख ८७ हजार कित्ता सेयर कारोवार भएको छ ।
बजारमा सबैभन्दा बढी कारोवार कुमारी बैंकको प्रमोटर सेयरको भएको छ । सो बैंकको ८ करोड २० लाख रुपैयाँभन्दा बढीको प्रमोटर सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL