Logo

औषधि ‘प्याकेजिङ मटेरियल’मा कर छुट गरे नेपालमै बस्छ १ अर्ब, भारतबाट आयात गर्दै व्यवसायी

औषधि ‘प्याकेजिङ मटेरियल’मा कर छुट गरे नेपालमै बस्छ १ अर्ब, भारतबाट आयात गर्दै व्यवसायी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । खाने औषधिमा स्वदेशी ‘प्याकेजिङ मटेरियल’ प्रयोग गर्दा भन्सार तथा मुल्य अभिबृद्धि कर छुट गरे वार्षिक १ अर्ब रुपैयाँभन्दा बढी रकम विदेशिन बाट रोकिने सम्बद्ध व्यवसायीहरुले बताएका छन् । सरकारले असान्दर्भिक नीति नियम बनाएका कारण औषधिमा प्रयोग हुने बट्टा खरिदका लागि मात्र ठूलो रकम विदेशिने गरेको नेपाल औषधि उत्पादक संघका बरिष्ठ उपाध्यक्ष दिपक दाहालले जानकारी दिए ।

सरकारले औषधिमा प्रयोग हुने कच्चा पदार्थ आयात गर्दा भन्सार तथा कर छुट गरेको छ । विदेशबाट प्याकेजिङ मटेरियल आयातगर्दा १ प्रतिशत मात्र भन्सार तिरे पुग्छ भने मुल्य अभिबृद्धि कर तिर्नु पर्देन । तर, सोही सामग्री नेपालमाम किन्दा भन्सार र मुल्य अभिबृद्धि कर गरी २८ प्रतिशभन्दा बढी रकम तिनुपर्ने दाहालले जानकारी दिए । ‘औषधिका लागि आवश्यक बट्टालगायत अन्य सामग्री नेपालमै पाइन्छ,’ उनले भने, ‘तर, कानुनी जटिलताका कारण भारतबाट आयात गर्न वाध्य छौं ।’

झोल औषधि प्याकिङका लागि आवश्यक प्लाष्टिकका बट्टादेखि अन्य सवै प्याकेजिङ मटेरियल स्वदेशमै पाइने भएपनि आयात गर्न वाध्य भएको लोमश फर्मासिटिकल्सका निर्देशक प्रवलजंग पाण्डे बताउछन् । ‘नेपाली औषधि कम्पनी तथा अन्य कम्पनीसँग बट्टा, लेवललगायतका आवश्यक सामग्री बनाउन सक्ने क्षमता छ,’ उनले भने, ‘तर नेपालमै बनाउँदा भन्दा आयातगर्दा भन्सारदर तथा अन्य कर छुट हुने भएकाले वाध्यताबस आयात गरिरहेका छौं ।’ नेपालमै उपलब्ध हुँदाहुँदै पनि व्यवसायीहरु सीसी, लेवल, विर्को, बट्टालगायतका सामग्री विदेशबाट आयात गर्न वाध्य भएको समेत उनले जानकारी दिए ।

झण्झटिलो नीतिकै कारण नेपाली औषधि कम्पनीहरु झोल औषधिका लागि अझैपनि सीसीको बट्टा प्रयोग गर्न वाध्य भएका छन् । विदेशबाट सीसी किनेर ल्याउँदा १ प्रतिशतमात्र भन्सार तिरे पुग्छ,’ उनले भने, ‘तर, नेपालमै बनेको प्लाष्टिकको बट्टा प्रयोगगर्दा भन्सार र कर गरी बढी रकम तिर्नुपर्छ ।’ कर वापत बढी रकम तिर्नुपर्ने भएकाले पनि व्यवसायीहरुले नेपालको सामग्री प्रयोग गर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
MBL