Logo

मौद्रिक नीतिपछिको पहिलो दिन : नेप्से ८० अंकले घट्यो, सेलिङ प्रेसर आउँदा २१४ कम्पनीका लगानीकर्ताले गुमाए

मौद्रिक नीतिपछिको पहिलो दिन : नेप्से ८० अंकले घट्यो, सेलिङ प्रेसर आउँदा २१४ कम्पनीका लगानीकर्ताले गुमाए



काठमाडौं । मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा पछिको पहिलो दिन नेप्से परिसुचकमा उच्च गिरावट आएको । आईतबार बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा ८० अंकले घटेको छ । मौद्रिक नीतिको समिक्षामार्फत सेयर कर्जाको सीमामा लागेको १२ करोड रुपैयाँको क्याप हट्ने आसामा बसेका लगानीकर्ताहरु उक्त व्यवस्था नहटेपछि बजारमा सेलिङ प्रेसर परेको छ ।

आईतबार बजारमा विभिन्न २ सय ३४ कम्पनीको सेयर कारोबार हुँदा २ सय १४ कम्पनीको सेयरमूल्य घटेको छ । अर्थात यी कम्पनीका सेयर लगानीकर्ताहरुले घाटा व्यहोर्नुपरेको हो । यस्तै नेप्सेका अनुसार आज जम्मा ९ कम्पनीको सेयरमूल्य मात्रै उकालो लागेको हो । उकालो लाग्ने कम्पनीहरुमा आइसीएफसी फाईनान्स, सामलींग पावर, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, नेपाल एसबीआई बैंक, सानिमा जनरल इन्स्योरेन्सलगायत कम्पनीहरु छन् ।

आज बजारमा कारोबार भएका कम्पनीहरुमार्फत ७० हजार ८ सय ४२ पटक १ करोड १९ लाख ३ हजार २ सय २ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने बढेर ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार पुगेको छ ।

आज सबैभन्दा बढि जिवन बीमा समुहको परिसुचक ५ सय ३८ अंकले घट्दा निर्जिवन बीमा समुहको परिसुचक ३ सय ८५ अंकले घटेको छ । यस्तै विकास बैंकको परिसुचक २६७, उत्पादनमुलक १९२, व्यापार १५९, लघुवित्त १३९ अंकले घटेका छन् । यस्तै बजारमा धेरै प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा पनि आज ३४ अंकको गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL