काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले ओरालो लागेको छ । कारोबार समयको पहिलो घण्टादेखि ने ओरालो लाग्दै उक्लदै गरेको परिसुचक कारोबारको अन्तिम समयमा भने ११ दशमलव ६० अंकले घटेको हो । यसरी घटेको बजारमा आज उत्पादनमुलक र जलविद्युत समुहबाहेकका सबै समुहको परिसुचकमा गिरावट आएको छ ।
नेप्सेका अनुसार आज उत्पादनमुलक र जलविद्युत समुहको परिसुचक क्रमशः ९६ र १३ अंकले उकालो लागेका छन् । यसरी घटेको बजारमा सबैभन्दा ठुलो गिरावट भने बीमा क्षेत्रमा आएको छ । आज जिवन बीमा समुहको परिसुचक १४० अंकले घट्दा निर्जिवन बीमा समुहको परिसुचक ६४ अंकले ओरालो लागेको छ ।
यस्तै बजारमा धेरै प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा आज ५ अंकको गिावट आउँदा विकास बैंक, होटल तथा पर्यटन र लघुवित्त समुहको परिसुचकमा क्रमशः ६, ५० र १७ अंकको गिरावट आएको छ ।
आज बजारमा २२५ कम्पनीका ७८ लाख ९४ हजार ४६८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ३५ करोड ७३ लाख ९ हजार रुपैयाँमा सिमित भएको छ ।