Logo

सिटी एक्सप्रेसद्वारा ५ जना लखपति बिजेताहरुको नाम घोषणा, ‘सिटी आयो लखपति बनायो’ योजना समापन

सिटी एक्सप्रेसद्वारा ५ जना लखपति बिजेताहरुको नाम घोषणा, ‘सिटी आयो लखपति बनायो’ योजना समापन



काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले “सिटी आयो लखपति बनायो” योजना अन्तर्गत कार्तिक महिनाको पाँच भाग्यशाली बिजेताको नाम सार्वजनिक गर्दैे योजना समापन भएको घोषणा गरेको छ । सोही योजना अन्तर्गत ५ जनाले जनही १ लाख जित्न सफल भएको सिटी एक्सप्रेसले जानकारी गराएको छ ।

कम्पनीले विद्दुतिय प्रणालीद्वारा विजेता छनौट गर्दा साउदीबाट रेमिटान्स पठाउने खगेन्द्र बुढाथोकीे , मलेशियाबाट उदय राम यादव, कुवेतबाट रमिता तामाङ , कोरियाबाट दिल बहादुर पुन साथै अन्तिममा कतारबाट रेमिटान्स पठाउने चिनाक हरिजन गरी ५ जना लखपति बन्न सफल भएका छन् ।सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड २०७८ सालको दशैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ६१ दिन सम्म चल्ने “सिटी आयो लखपति बनायो ” उपहार योजना गत भदौ ३१ गते घोषणा गरेको थियो ।

सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६१ दिन लगातार हरेक दिन १ जना (कुल ६१ जना) विजेतालाइ १० हजार रुपैयाँ उपहार प्रदान गरेको छ साथै हरेक महिना ५ जनालाई १ – १ लाख गरी २ महिना सम्म १० जना लखपति बन्न सफल भएका छन् ।
कम्पनीका अनुसार यस “सिटी आयो लखपति बनायो” अफर असोज १ गते देखि कार्तिक ३० गते सम्म चलेको थियो । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी गरिएको थियो ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १५ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्