Logo

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, सवा ६ अर्बको सेयर कारोबार

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, सवा ६ अर्बको सेयर कारोबार



काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले ओरालो लागेको छ । बिहानैदेखि ओरालो लागिरहेको बजारमा सबै समुहहरु राताम्य हुँदा परिसुचक ३२ दशमलव ३९ अंकले घटी २७ सय ६९ को विन्दुमा आएर रोकिएको छ । आज बजारमा कारोबार भएका सबै समुहका परिसुचकहरु राताम्य भएका छ । यी मध्ये सबैभन्दा धेरै गिरावट बीमा समुहमा आएको छ ।

नेप्सेका अनुसार आज निर्जिबन बीमा समुहको परिसुचक २०४ अंकले घट्दा जिबन बीमा समुहको परिसुचक भने २२७ अंकले घटेको छ ।
यस्तै आज विकास बैंक समुहको परिसुचक १११ अंकले घट्दा जलविद्युत समुहको परिसुचक ९१ अंकले ओरालो लागेको छ ।

साथै बजारमा धेरै प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचक आज २२ अंकले ओरालो लाग्दा व्यापार समुहको परिसुचक ६९ अंकले ओरालो लाग्यो ।

आज बजारमा कुल २२४ कम्पनीको ९८ लाख ६२ हजार ९४० कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने ६ अर्ब २७ करोड १८ लाख ६७ हजार रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL