Logo

समान्य बढ्यो नेप्से, करिव ४२ करोडको कारोवार

समान्य बढ्यो नेप्से, करिव ४२ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सोमवार नेप्से परिसुचक १ दशमलव ६३ अंकले बढेको छ । सो दिन सेयर बजार १ हजार १ सय ६८ दशमलव ८१ अंकमा पुगेर बन्द भएको हो ।

सोमबार कारोवारमा आएका अधिकांश कम्पनीको परिसुचक उकालो लागेको छ । सो दिन जलविद्युत समुहको परिसुचक सबैभन्दा बढी २४ दशमलव ४५ अंकले बढेको छ । त्यस्तै विकास बैंक ७ दशमलव ८७, बीमा ५ दशमलव ७४ र सेयर बजारमा सवैभन्दा बढी प्रभाव रहेको बैंक समुहको परिसुचक २ दशमलव ५९ अंकले बढेको छ ।

त्यस्तै फाइनान्स समुहको परिसुचक २ दशमलव ९ अंक्ले उकालो लागेको छ । सो दिन होटल र अन्य समुहको परिसुचक भने क्रमशः २१ र १४ अंक्ले ओरालो लागेको छ ।

सोमवार कारोवारमा १ सय ३३ कम्पनीको ७ लाख ९३ हजार कित्ता सेयरबाट ४१ करोड ९८ लाखको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL