Logo

१६ अंकले बढ्यो नेप्से, ७ अर्ब बढिको कारोबार

१६ अंकले बढ्यो नेप्से, ७ अर्ब बढिको कारोबार



काठमाडौं । साताको चौथो दिन (बुधबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १६ दशमलव ९५ अंकले उकालो लागेको छ । बिहानैदेखि लगातार उकालो लागेर कारोबारको अन्तिमतिर ओरालो यात्रा तय गरेपनि अन्तिममा भने वृद्धि देखिएको हो । आज बजारमा कुल २२४ कम्पनीको १ करोड १९ लाख ४३ हजार कित्ता सेयर ७७ हजार ५१८ पटक किनबेच हुँदा कारोबार रकम भने ७ अर्ब ३७ करोड ९४ लाख ४६ हजार रुपैयाँ पुगेको हो ।

बजार दोहोरो अंकले उकालो लाग्दा पञ्चकन्या माई र माथिल्लो तामाकोशी जलविद्युत कम्पनीको सेयमूल्यमा सकारात्मक सर्किट लागेको थियो । यस्तै आज महिला लघुवित्त, तेह्रथुप पावर, नेपाल बंगलादेश बैंक, मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य भने ९ प्रतिशत बढिले बढेको थियो ।

यस्तै आज धेरै गुमाउनेमा भने बोटलर्स नेपाल, महालक्ष्मी विकास बैंक र गुराँस लाईफलगायतका कम्पनीहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL