काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । अघिल्लो साता उच्च रुपमा बढेको सुनको मुल्य हिजो स्थिर रही आज १ सय रुपैयाँले मात्र बढेको हो । सोमबार सुन प्रतितोला ४९ हजार ९ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
चाँदीको मुल्य भने केही समययता स्थिर रहँदै आएको छ । आजपनि चाँदी प्रतितोला ६ सय ७५ रुपैयाँमा करोवार भइरहेको छ ।