Logo

अफिस समयमा सवारी लाइसेन्सको आवेदन भर्न नपाईने, यस्तो छ कारण

अफिस समयमा सवारी लाइसेन्सको आवेदन भर्न नपाईने, यस्तो छ कारण



काठमाडौं । अबदेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को अनलाईन आवेदन बिहान १० देखि बेलुका ५ बजेसम्म भर्न नपाईने भएको छ । अनलाईन सिस्टमबाट धेरै सेवाग्राहीले एकैचोटी फारम भर्दा सर्भरमा समस्या आएको भन्दै यातायात व्यवस्था विभागले हालका लागि दिनभर आवेदन लिने काम बन्द गरिएको जानकारी दिएको हो ।

सर्भरमा अत्याधिक चाप भएपछि विभागले लोड म्यानेजमेन्ट गर्नेभन्दै आवेदन लिने कार्य बन्द गरेको हो । यसअघि पनि विभागले पटकपटक सर्भरमा समस्या र लोड बढि भएको भन्दै लाईसेन्स लिन बन्द गर्ने कार्य गर्दै आएको छ । विभागले लोड म्यानेजमेन्ट भएपछि पुनः पुरानै अवस्थामा अनलाईन प्रणाली खुला गर्ने आफ्नो सूचनामा उल्लेख गरेको छ ।

अब बिहान १० देखि साँझ ५ बजेसम्म लाइसेन्सको आवेदन भर्न नपाईने, अनलाईन प्रणालीमा अत्याधिक चाप,

प्रतिक्रिया दिनुहोस्