Logo

३ अंकले बढ्यो नेप्से, साढे ४९ करोडको कारोवार

३ अंकले बढ्यो नेप्से, साढे ४९ करोडको कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । साताको पहिलो दिन आइतवार नेप्से परिसुचक ३ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार १ सय ६७ अंकमा पुगेर बन्द भएको छ । आइतवार कारोवारमा आएकामध्ये विकास बैंक र बीमा बाहेकको परिसुचक उकालो लागेको छ ।

सो दिन जलविद्युत समुहको परिसुचक सबैभन्दा बढी ४५ दशमलव ४३ अंकले बढेको छ । त्यस्तै अन्य १४,होटल समुह ८ दशमलव २४ र फाइनान्स समुहको परिसुचक २ दशमलव ३८ अंकले उकालो लागेको छ ।

सो दिन सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुहको परिसुचक १ दशमलव ०९ अंकले बढेको छ ।

आइवातर कारोवारमा आएका १ सय २९ कम्पनीको ९ लाख ७६ हजार कित्ता सेयरबाट ४९ करोड ६२ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL