Logo

सुनको मुल्य एकै दिन ८ सयले बढ्यो, तोलाको ५० हजार नजिक

सुनको मुल्य एकै दिन ८ सयले बढ्यो, तोलाको ५० हजार नजिक


बिजखबर संवाददाता
27
Shares

पछिल्लो समय स्थानीय बजारमा मुल्य उच्च रुपमा बढेको छ । विहीबार मात्रै सुन प्रतितोला ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बजारमा सुन प्रतितोला ४९ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

अन्तरराष्ट्रिय बजारमै सुनको मुल्य बढेकाले नेपालमा पनि मुल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणीरत्न शाक्यले जानकारी दिए । ‘अन्तरराष्ट्रिय बजारको भएको घटवढसँगै नेपालमा मुल्य निर्धारण हुन्छ,’ उनले भने, ‘अन्तरराष्ट्रिय बजारमा सुनको मुल्य बढेर प्रति औस १ हजार ९९ अमेरिकी डलर पुगेको छ ।’ हिजोको तुलनामा अन्तरराष्ट्रिय बजारमा प्रति औस १० डलरले बढेको छ । यसैगरी, डलरको मुल्यमा भएको बृद्धिले पनि सुनको मुल्य बढेको उनले जानकारी दिए ।

बजारमा चाँदीको मुल्य भने स्थिर नै रहको छ । आजपनि बजारमा चाँदी प्रतितोला ६ सय ७५ रुपैयाँमा कारोवार भइरहेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL