Logo

खुलेको ३ दिनमै लाईसेन्सको अनलाईन आवेदन पुनः बन्द, सर्भरमा समस्या

खुलेको ३ दिनमै लाईसेन्सको अनलाईन आवेदन पुनः बन्द, सर्भरमा समस्या



काठमान्डौ । सवारीसाधन चालक अनुमतिपत्रको अनलाईन आवेदन खुलेको ३ दिनपछि पुनः बन्द भएको छ । यातायात व्यवस्था विभागले एकैचोटी धेरै जनाले लाईसेन्सका लागि आवेदन दिने प्रयास गरेकाले सर्भरमा समस्या आई बन्द गर्नुपरेको बताएको हो । विभागले बिहीबार एक सूचना जारी गर्दै सर्भरमा समस्या आएपछि केहिदिनका लागि सर्भर मर्मत गर्नका लागि हाल सवारी साधनको लाईसेन्सको अनलाईन आवेदन लिने प्रक्रिया बन्द गरिएको बताएको छ ।

गत बैशाख १६ गतेदेखि कोरोना महामारीका कारण बन्द गरिएको लाईसेन्सको अनलाईन आवेदन गत सोमबारदेखि पुनः खुला गरिएको थियो । करिव ९ लाख बढि आवेदनकर्ताले एकैचोटी आवेदन दिन खोजेपछि सर्भरमा समस्या आएको हो ।

अहिले लाइसेन्सको फारम भरे पनि काठमाडौं उपत्यकाका हकमा लिखित तथा ट्रायलको पालो आउन भने ६ महिना लाग्ने छ । उपत्यकाबाहिरका हकमा भने एक महिनामै पालो आउने विभागको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्