Logo

इन्भेष्मेण्टको ‘डीपी लञ्च अवेरनेश’ कार्यक्रम सम्पन्न, सवै जिल्लामा निक्षेप सेवा पुर्याइँदै

इन्भेष्मेण्टको ‘डीपी लञ्च अवेरनेश’ कार्यक्रम सम्पन्न, सवै जिल्लामा निक्षेप सेवा पुर्याइँदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र एनआईवीएल क्यापिटलको आयोजना भएको ‘डीपी लञ्च एण्ड अवेरनेश’ कार्यक्रम सम्पन्न भएको छ । सीडीएस एण्ड क्लियरिङको सहकार्यमा भएको उक्त कार्यक्रममा धितोपत्रको निक्षेप सेवा विस्तारको वारेमा जानकारी दिइएको थियो ।

कार्यक्रममा विशेषगरी धितोपत्रको निक्षेप सेवा मुलुकभरी सम्पूर्ण लगानीकर्ता माझ पुर्याउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ । कार्यक्रममा प्रमुख अतिथिमा धितोपत्र बोर्डका अध्यक्ष रेवत बहादुर कार्कीले धितोपत्रको निक्षेप सेवाको वारेमा जानकारी दिएका थिए । यस्तै, नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धक सीताराम थपलिया, सिडिएससिका प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्ता र एनआईबिएल क्यापिटल मार्केट्सका महाप्रबन्धक मेखबहादुर थापाले आ–आफ्नो धारणा राखेका थिए । सो कार्यक्रममा विकास बैंकहरु, फाइनान्स कम्पनीहरु, स्टक ब्रोकर तथा लगानीकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

हाल ४४ वटा जिल्लाका ६६ वटा स्थानबाट सदस्यता प्राप्त निक्षेप सदस्यहरुले केन्द्रीय निक्षेप सेवा प्रदान गर्दै आएका छन् । जसमध्ये नेपाल इन्भेष्टमेन्ट बैंक र एनआइबिएल क्यापिटलले २२ वटा जिल्लाका ४७ वटा शाखाहरुबाट निक्षेप सेवा प्रदान गर्दै आएको छ । बाँकी रहेका जिल्लाहरुमा पनि चालु आर्थिक वर्षभित्र निक्षेप सेवाको पहुँच पुर्याउने सीईओ गुप्ताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL