Logo

सुनको मुल्य बढ्ने क्रम जारी, प्रतितोला ४८ हजार ९ सयमा कारोवार

सुनको मुल्य बढ्ने क्रम जारी, प्रतितोला ४८ हजार ९ सयमा कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य बढ्ने क्रम जारी रहेको छ । हिजो एकदैदिन प्रतितोला ५ सय रुपैयाँले बढेको सुन आज पुनः ४ सय रुपैयाँले बढेको छ । बुधबार सुनको मुल्य बढेर प्रतितोला ४८ हजार ९ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

यस्तै बजारमा तेजाबी सुन भने प्रतितोला ४८ हजार ६ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ ।

बजारमा चाँदीको मुल्य भने स्थिर रहेको छ । आज पनि चाँदी प्रतितोला ६ सय ७५ रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL