Logo

काठमाडौंमा चल्ने सार्वजनिक सवारीसाधनको भाडा बढ्यो, कहाँसम्म जाँदा कति तिर्ने ?

काठमाडौंमा चल्ने सार्वजनिक सवारीसाधनको भाडा बढ्यो, कहाँसम्म जाँदा कति तिर्ने ?



काठमाडौं । बागमती प्रदेश सरकारले आजदेखि लागु हुनेगरी प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । कार्तिक १ गतेदेखि लागु हुने गरी बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले असोज २० गते भाडा समायोजन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार अब बागमती प्रदेश भित्रका छोटो दुरीमा चल्ने सार्वजनिक सवारीसाधन चढ्ने यात्रुले चढ्ने बित्तिकै कम्तिमा १८ रुपैयाँ तिर्नुपर्नेछ।

चढ्नेबित्तिकै तिर्नुपर्ने १८ रुपैयाँ भने ५ किमीसम्मका लागि मान्य हुनेछ भने, १० किमीसम्म २३ रुपैयाँ, १५ किमीसम्म २७ रुपैयाँ, २० किमी सम्म ३० रुपैयाँ र २० किमीभन्दा माथि ३५ रुपैयाँ भाडा तिर्नुपर्नेछ। १० वटा सुचकलाई आधार मानेर भाडा बढाइएको बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले जानकारी दिएको छ ।

लामो तथा मध्यमदुरीका सवारीसाधनका लागि केन्द्र सरकारले असार २९ गते २८ प्रतिशतसम्म भाडादर बढाइसकेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL