Logo

पशुपति पेन्ट्सले शुरु गर्यो चित्रकला प्रतियोगिता, १५ बर्ष माथिका मात्र सहभागी हुन सक्ने

पशुपति पेन्ट्सले शुरु गर्यो चित्रकला प्रतियोगिता, १५ बर्ष माथिका मात्र सहभागी हुन सक्ने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । पशुपति पेन्ट्सले कलर योर ड्रिम्स चित्रकला प्रतियोगिताको थालनी गरेको छ । यो प्रतियोगितामा भाग लिन इच्छुक व्यक्तिहरुले पशुपति पेन्ट्सको औपचारिक वेबसाइट डब्लुडब्लुडब्लु डट पशुपतिपेन्ट्स डट कम वा फेसबुक डट कम स्ल्यास पशुपतिपेन्ट्समा गएर त्यहाँ उपलब्ध गराइएका घरका नमूनाहरु डाउनलोड गर्न सक्नेछन् ।

यी नमूनाहरु इच्छुक सहभागीले आफ्नो इच्छा अनुसारको कुनै पनि प्रकारको रङमध्ये एकले रंग्याउनुपर्छ ।

एकचोटी रङ्ग भर्ने काम सकिएपछि रङ्गाइएका नमूनाहरुलाई पशुपति पेन्ट्सको औपचारिक फेसबुक पेजमा अपलोड गर्नु पर्नेछ ।

यसरी अपलोड गरिएका नमूना चित्रहरुको निर्णय आर्टूडियोको सहभागितामा आर्किटेक्ट, चित्रकार, र प्रतिष्ठित व्यक्तित्वहरु सम्मिलित एक निर्णायक मण्डलले गर्ने बताइएको छ । साथै हरेक १० दिनमा एक जना विजेताको घोषणा गरिनेछ ।

प्रतियोगिताको अवधि २ महिना हुने भएकोले प्रतियोगिता अवधिभर कूल ६ जना विजेता बन्नेछन् । हरेक विजेताले नगद पुरस्कार स्वरुप ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा १५ वर्षभन्दा माथिका मात्र सहभागी हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्