Logo

प्रतितोला २ सयले घट्यो सुनको भाउ, चाँदी स्थिर

प्रतितोला २ सयले घट्यो सुनको भाउ, चाँदी स्थिर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको पहिलो दिन आइतवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला २ सयले घटेको छ । शुक्रवार ४८ हजारमा कारोवार भएको सुन आज प्रतितोला ४७ हजार ८ सयमा झरेको हो ।

सो दिन चाँदीको भाउमा भने घटबढ नभएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आइतवार चाँदी प्रतितोला ६ सय ७५ रुपैयाँमा कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्