Logo

यामाहा ‘एमटी१५ बीएस ६’ सार्वजनिक, के के छन् विशेषता ?

यामाहा ‘एमटी१५ बीएस ६’ सार्वजनिक, के के छन् विशेषता ?



काठमाडौं । यामाहाको एमटी १५ बीएस ६ भर्सन नेपालमा सार्वजनिक भएको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी महा एक्सचेन्ज मेलाको अवसरमा सोमबार ४ लाख ४९ हजार ९ सय रुपैयाँ मूल्य पर्ने उक्त बाइक सार्वजनिक गरिएको हो । अब नयाँ दुई कलर अप्सनमा नेपाली बजारमा यामाहा एमटी १५ बीएस ६ भर्सन उपलब्ध भएको छ ।

एमटी १५बीएस ६ चार कलरमा आउने भएको छ । एमटी १५ ब्ल्याक, मेटालीक ब्ल्याक, डार्क मेट ब्लु, आइस फ्लुओ भेरमिलियन करलमा उपलब्ध रहेको छ ।
कम्पनीका अनुसार उक्त बाईकमा सुधारिएको एफआई ईन्जिन, एबीएस, एसीस्ट स्लिपर क्लच, १४० एमएमको पछाडीको टायरलगायत जडित छन् । यो स्पोर्टी लुक्सका साथै, बाईफंक्सनल एलइडी हेडलाईटसमेत जडान गरिएको छ ।

एमटी १५ बीएस ६ खरिद गर्ने ग्राहकले २० हजार बराबरको एशोसरिज नि शुल्क प्राप्त गर्नेछन् । एमटीको खरिदमा हेल्मेट, ज्याकेट, स्कीड प्लेट, ट्याङ्क प्याड, यूएसबी चार्जर तथा सिट कभर निशुल्क प्रदान गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL