Logo

आइएमई पेको दशैं अफर, हवाई टिकट खरिदमा ५० प्रतिशत क्यासव्याक

आइएमई पेको दशैं अफर, हवाई टिकट खरिदमा ५० प्रतिशत क्यासव्याक



काठमाडौं । आइएमई पेले दशैंको झट्का स्कीम सार्वजनिक गरेको छ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आईएमई पेले असोज ११ देखि १४ गते सम्म, हरेक दिन दिउँसो १ बजे, १ घण्टाका लागि उक्त स्कीम ल्याएको हो । उक्त स्किम अन्तर्गत आइएमई पे वालेटबाट हवाई टिकट खरिद गर्दा ५० प्रतिशत सम्म क्यासब्याकको ब्यवस्था मिलाइएको छ । क्यासव्याकको सीमा २ हजार रुपैयाँ सम्मको रहेको छ । यो अफर मात्र पहिलो १०० खरिदकर्ताहरूका लागि प्रत्येक दिन फ्लैश बिक्रीको समयमा उपलब्ध गराइनेछ ।

आइएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिकास नाहाटाले हवाई टिकट ‘आइएमई पे’ को भुक्तानी सेवासँगै तीन दिनको लागि ५० प्रतिशत क्यास ब्याकको योजना पनि सुरु भएकोले आइएमई पेबाट भुक्तानी गरी सेवाग्राहीहरुले अधिकतम फाइदा लिन सक्ने उनको भनाई थियो । ‘यो स्किम आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा ल्याइएको हो र सदाझैंै यो स्किममा पनि नियम र सर्तहरु लागु हुनेछन,’ कार्यक्रममा उनले भने, ‘सबै प्रयोगकर्ताहरु आइएमई पे को माध्यम बाट हवाई टिकट खरिद मा फ्लैश बिक्री क्यासब्याक को लागि योग्य छन् ।’

आइएमई पे प्रयोगकर्ताले हवाई टिकट खरीद गरेको २४ घण्टा भित्र क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यो स्किममा आईएमई पे पञ्जीकृत मोबाइल नम्बर मात्र सहभागिताको लागि योग्य हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL