काठमाडौं । आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर अन्तरगत पहिलो हप्ताको विजेता सार्वजनिक गरेको छ । सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत नतिजा सार्वजनिक गर्दा सेवाग्राही क्रमशः केशव दमाई र विशाल अधिकारी विजेता घोषित भएका हुन् । पानीपोखरी काठमाडौंमा अवस्थित आइएमई केन्द्रीय कार्यालयमा गत शुक्रबार आयोजित फेसबुक लाइभ मार्फत उक्त नजिता सार्वजनिक गरिएको थियो ।
विजेताहरुले संयुक्त अरव इमिरेट्स (युएई) र कतारबाट अफर अवधिमा क्रमशः ४१,५०७ र ४८,०२० रुपैयाँ नेपालमा रहेका आफन्तलाई पठाएका थिए । अफर अनुसार आइएमईले उनीहरु वा निजको सिफारिसमा उनीहरुका निकटका आफन्तलाई लाई क्रमशः ८३,०१४ र ९६,०४० रुपैयाँ उपहार स्वरूप प्रदान गर्ने जानकारी दिएको छ ।
आइएमईले सार्वजनिक गरेको पर्व लक्षित डबल डबलको डबल अफर यही असोज १ देखि कार्तिक २६ (तद्अनुसार सेप्टेम्बर १७ देखि नोभेम्बर १२, २०२१) सम्म कूल ५७ दिनका लागि अहिले संचालनमा रहिआएको छ ।
अफर अनुसार विदेशबाट पठाइएको रकम आइएमईका ३५ हजारभन्दा बढी एजेन्टहरु वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुई (२) जनालाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ । साथै आइएमई पे मा रकम प्राप्त गर्दा रु २०० थप बोनसको व्यवस्था मिलाईएको छ ।
अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । सेवा र शर्त अनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिनेछ । आइएमईका संस्थापक, आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरू, आइएमईका व्यवसायीक साझेदार (एजेन्ट पार्टनर) तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउनेछैनन् ।
सेवाग्राहीहरुले आइएमईको जुनसुकै एजेन्ट संजालमार्फत रेमिटेन्स कारोबार गरेको भौचरको सक्कलप्रती योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ । छनोटमा परेका विजेताको सिफारिसमा नेपालमा बस्ने आफन्तलाई पुरस्कार रकम प्रदान गर्न सकिनेछ ।