Logo

सुनको मूल्य आज स्थिर, प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार हुँदै

सुनको मूल्य आज स्थिर, प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार हुँदै



काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८९ हजारमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार पनि छापावाला सुन तोला ८९ हजार मै कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० रहेको छ ।

त्यसैगरी आइतबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाले घटेर प्रतितोला ११५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्