Logo

पेभिमोलका स्किन केयर बजारमा, मंगलवारदेखि विक्री शुरु

पेभिमोलका स्किन केयर बजारमा, मंगलवारदेखि विक्री शुरु


बिजखबर संवाददाता
135
Shares

काठमाडौं । थाइल्याण्डको सौन्दर्य उत्पादन पेभिमोलका ६५ स्किन केयर उत्पादन नेपाली बजारमा भित्रिएको छ । मंगलवार एक कार्यक्रमबीच वातावरण मन्त्री बिसेन्द्र पासवान, पूर्व उद्योग मन्त्री महेश बस्नेत, एफएनसिसिआईकी बरिष्ठ उपाध्यक्ष भबानी राणा,अभिनेत्री करिष्मा मानन्धर, छाला बिशेषज्ञ डा.रुपक घिमिरे र पेभिमोल कम्पनी थाइल्याण्डका प्रबन्ध निर्देशक कमोलचैवाटानेमिथिनले संयुक्त रुपमा ती उत्पादन सार्वजनिक गरे ।

पेभिमोलको नेपालका लागि आधिकारिक बिक्रेता बनेको फ्रिह्विल प्रालिले काठमाडौंबाट पहिलो चरणमा कारोबार शुरु गरेको हो । त्यस्तै केही समयभित्रै ती उत्पादनलाई नेपालभर फैलाउने लक्ष्य रहेको कम्पनीका प्रबन्ध निर्देशक ललितकुमार कार्कीले बताए ।pevimol

उनका अनुसार पहिलो चरणमा काठमाडौंको खिचापोखरी र नयाँबानेश्वरबाट आउटलेट खोली कारोबार शुरु गर्न लागिएको छ । दोस्रो चरणमा धरान, बिराटनगर, चितवन, पोखरा, बुटवल र नेपालगंजलगायत शहरमा आउटलेट खोली कारोबारलाई देशब्यापी बनाउने योजना रहेको बताइएको छ ।

कम्पनीका उत्पादन उपत्यकाका सबै डिपार्टमेन्टल स्टोर तथा कस्मेटिक पसलहरुमा पाइने ब्यबस्था मिलाइएको छ ।

कार्यक्रममा आफ्नो कम्पनीबाट उत्पादित सौन्दर्य सामाग्रीले नेपाली बजारमा छिट्टै स्थापित हुनेमा आफू ढुक्क बनेको फ्रिह्विल प्रालिकी प्रबन्धक प्रतिमा थापा कार्कीले बताइन ।
उनका अनुसार कम्पनीका सबै उत्पादनहरु अल्कोहल रहित हुनुका साथै दाग हटाउने, चायापोतो हटाउने, चाउरीपन हटाउने, भिटामिन इ युक्त, घामबाट जोगाउलगायत विशेषता छन् ।

pevimol-1

यससँगै नेपाली बजारमा सो कम्पनीका केए क्रिम, नाइट स्क्रिम, बडी लोसन, लिप केयर, हेयरजेललगायत ६५ उत्पादन उपलब्ध हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL