Logo

१० अंकले बढ्यो नेप्से, बैंक र बीमाले उचाल्यो परिसुचक

१० अंकले बढ्यो नेप्से, बैंक र बीमाले उचाल्यो परिसुचक


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मंगलबार नेप्से परिसुचक १० दशमलव २२ अंकले उकालो लागेको छ । बजार खुलेदेखि नै बढ्न शुरु गरेको नेप्से परिसुचक अन्तमा १ हजार १ सय ४२ दशमलव १७ अंकमा गएर अडिएको छ ।

बजारमा बैंक र बीमा समुहको परिसुचक उकालो लागेपछि समग्र नेप्से परिसुचक नै बढेको हो । बजारमा प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक झण्डै १२ अंकले बढेको छ । त्यसैगरी, बीमा समुह ७५ अंकले बढेको छ भने विकास बैंक समुह पनि १५ अंकले उकालो लागेको छ ।

मंगलाबार होटल, जलविद्युत् र फाइनान्स समुह भने ओरालो लागेका छन् ।

दिनभर कुल १ सय २६ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको ४९ करोड ९६ लाख रुपैयाँ बरावरको ९ लाख ९५ हजार कित्ता सेयर कारोवार भएको छ । अघिल्लो दिनको तुलनामा कारोवार रकम केही बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL