Logo

भारी बर्षाका कारण लाईसेन्सको ट्रायल पनि स्थगित, बुधबार र शुक्रबार हुने

भारी बर्षाका कारण लाईसेन्सको ट्रायल पनि स्थगित, बुधबार र शुक्रबार हुने



काठमाडौं । आईतबार राती परेको भारी बर्षाका कारण सवारीचालक अनुमतिपत्र (लाईसेन्स)को परिक्षासमेत स्थगित भएको छ । सोमबार र मंगलबार हुनेगरी तालिका प्रकाशन गरेको चावहिल यातायात कार्यालयले भारी बर्षाका कारण स्थगित गर्नुपरेको जानकारी दिएको हो ।

कार्यालयले सोमबार एक सूचना जारी गर्दै निषेधाज्ञाअघि अनलाइन आवेदन भरेर बायोमेट्रिक गरेका परिक्षार्थिहरुले आगामी बुधबार र शुक्रबार परिक्षा दिन पाउने बताएको हो । ट्रायल सेन्टरमा पानी भरिएको, धेरै स्थानहरु जलमग्न भएको र सेवाग्राहीहरु गन्तव्यसम्म पुग्ने मुस्किल भएकाले सोमबार र मंगलबार हुने प्रयोगात्मक परिक्षा स्थगित गरेको कार्यालयले जानकारी दिएको छ ।

बागमति प्रदेशका विभिन्न यातायात कार्यालयले कोरोनाको सन्त्रास घटेसँगै लाईसेन्सको लिखित र प्रयोगात्मक परिक्षा आईतबारदेखि संचालन गर्नेगरी निर्णय गरेका थिए । दोस्रो चरणको निषेधाज्ञाअघि पालो आई बायोमेट्रिक गरेका सेवाग्राहीको परिक्षा हाल गर्ने निर्णय भएको हो । तर, अनलाईन आवेदनमात्रै भरेका र नभरेकाहरुले आवेदन भर्नपाउने मितिको भने टुंगो लागिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL