Logo

नेप्से साढे ३ अंकले घट्यो, कारोवार रकम पनि ओरालो लाग्दै

नेप्से साढे ३ अंकले घट्यो, कारोवार रकम पनि ओरालो लाग्दै


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बजारमा नेप्से परिसुचक ३ दशमलव ५२ अंकले ओरालो लागेको छ । बजार खुलेको केही समय स्थिर रहेको नेप्से परिसुचक अन्तमा ओरालो लागेको हो । मंगलबार नेप्से परिसुचक ओरालो लाग्दै अन्तमा १ हजार १ सय ३१ दशमलव ९५ अंकमा झरेको छ ।

अघिल्ला दिनको तुलनामा कारोवार रकममा पनि ओरालो लागेको छ । अघिल्लो हप्ता दैनिक कारोवार ५३ करोड रुपैयाँसम्म पुगेकोमा आज ३५ करोड २० लाख रुपैयाँ बरावरको मात्र कारोवार भएको छ । दिनभर कुल १ सय २४ कम्पनीको ६ लाख १३ हजार कित्ता सेयर कारोवार भएको छ ।

बजारमा होटल बाहेक अन्य सवै समुहका परिसुचक ओरालो लागेको छ । जसमध्ये बीमा समुह १२ अंकले घटेको छ भने अन्य समुहको परिसुचक ५ अंकभन्दा कमले ओरालो लागेको छ । विशेषगरी बजारमा प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक ४ दशमलव ५९ अंकले ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL