Logo

२३ कम्पनीको सेयर डिम्याट हुन बाँकी, साढे ८८ प्रतिशत डिम्याट कारोवारमा

२३ कम्पनीको सेयर डिम्याट हुन बाँकी, साढे ८८ प्रतिशत डिम्याट कारोवारमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी माघ १ गतेबाट अभौतिकरण गरिए(डिम्याट)को मात्र कारोवार गर्ने बताइरहदा अझै २३ वटा कम्पनीले भने आफ्ना सेयरको अभौकिरण गरेका छैनन् । केही समयअघिसम्म कारोवारमा आएका मध्ये ५१ कम्पनीको सेयर डिम्याट हनु बाँकी रहेकामा थप २८ कम्पनी सो प्रक्रियामा  आएको बोर्डले जानकारी दिएको छ ।
बोर्डका प्रवक्ता निरज गिरीका अनुसार कूल सेयर संख्याको ८८ दशमलव ४० प्रतिशतको डिम्याट भइसकेको छ । अव १२ प्रतिशत सेयर पनि डिम्याट हुन वाँकी नरहेकाले पुस मसान्त भित्र सवै कम्पनीले सो प्रक्रिया सक्ने उनको भनाइ छ ।
हाल नेपाल स्टक एक्सचेञ्जमा २ सय ३२ कम्पनीहरु सूचीकृत छन् । जसमध्इे १ सय २६ कम्पनीको सेयर डिम्याट भइसकेको छ । केही कम्पनी खारेजीमा गएको तथा कतिपय कम्पनीका मर्जरका कारण कारोवार रोकिएकाले हाल कारोवार भएकामध्ये एकदमै थोरै कम्पनीको मात्र सेयर डिम्याट हुन बाँकी रहेको बोर्डले जानकारी दिएको छ ।

बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीले मंसिर २० गते एक पत्रकार सम्मेलन गर्दै माघ १ गतेबाट डिम्याट गएिको सेयरको मात्र कारोवार हुने भन्दै नेप्से, सीडीएससीलयातन अन्य सरोकारवाला निकायलाई सो अवधिभित्रै अभौतिकरण गरिसक्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्