Logo

आईतबारदेखि सवारी लाइसेन्सको लिखित र प्रयोगात्मक परिक्षा, यस्ता छन् स्वास्थ्य मापदण्ड

आईतबारदेखि सवारी लाइसेन्सको लिखित र प्रयोगात्मक परिक्षा, यस्ता छन् स्वास्थ्य मापदण्ड



काठमाडौं । आगामी आईतबारदेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्सको) लिखित तथा प्रयोगात्मक परिक्षा संचालन हुने भएको छ । यातायात कार्यालय चावहिलले आईतबार एक सूचना जारी गर्दै भदौ २० गतेदेखि लिखित तथा प्रयोगात्मक परिक्षा संचालन गर्ने जानकारी दिएको हो ।

उक्त दिनदेखि कार्यालयले सबै किसिमका परिक्षा तथा ट्रायल लिने बताएको हो । यातायात व्यवस्था विभागले कोरोना कहरमा पनि परिक्षा लिन सकिने गरी मापदण्ड तयार पारीसकेको छ । जसमा एक सिफ्टमा १ सय जना मात्रै सहभागि हुन पाउने, एक कोठामा बढिमा २५ जना मात्रै सहभागि हुन पाउनेलगायतका व्यवस्था गरिएको छ । यस्तै लिखित परिक्षा तथा ट्रायलका लागि नेपाल सरकारले तोकेका सबै मापदण्डहरुको पुर्ण रुपमा पालना गर्नुपर्नेसमेत बताईएको छ ।

यस्तै परिक्षामा सहभागि हुने परिक्षार्थीहरुले मास्क, सेनिटाईजर, पीउने पानीलगायतको व्यवस्था आफै गर्नुपर्ने छ भने परिक्षा सुरु हुनुभन्दा १५ मिनेट अगाडी मात्रै परिक्षामा उपस्थित हुनुपर्नेछ । यस्तै परिक्षा स्थलमा परिक्षार्थीहरुले भेला बनाई बस्नसमेत नपाईने भएको छ ।

यातायात व्यवस्था विभागले दोस्रो चरणको लकडाउन सुरु भएपछि गत बैशाख १५ गतेदेखि अनलाइन आवेदन लिनेदेखि लिखित र प्रयोगात्मक परिक्षाहरु स्थगित गरेको थियो ।

यस्तो छ मापदण्ड :

प्रतिक्रिया दिनुहोस्
MBL