Logo

साढे १ अंकले घट्यो नेप्से, करिव ४३ करोडको कारोवार

साढे १ अंकले घट्यो नेप्से, करिव ४३ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको पहिलो दिन आइतवार नेप्से परिसुचक १ दशमलव ५६ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार १ सय ३५ दशमलव ४७ अंकमा झरेर बन्द भएको छ ।

आइतवार बीमा समुहको परिसुचक २३ दशमलव ९७ अंकले ओरालो लागेको छ । सो दिन जलविद्युत समुहको परिसुचक ९ दशमलव ३१ र सेयर बजारमा सवैभन्दा बढी प्रभाव रहेको बैंक समुहको परिसुचक २ दशमलव ४४ अंकले ओरालो लागेको छ ।

त्यसैगरी होटल समुहको परिसुचक २ अंकले घटेको छ । यता विकास बैंक समुहको परिसुचक भने ८ दशमलव १३ अंकले उकालो लागेको छ ।

आइतवार कारोवारमा आएका १ सय २५ कम्पनीको ११ लाख ६३ हजार कित्ता सेयरबाट ४२ करोड ९८ लाख कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL