Logo

पेभिमोलका स्किन केयर नेपाली बजारमा, पहिलो चरणमा काठमाडौं उपत्यकामा विक्री गरिने

पेभिमोलका स्किन केयर नेपाली बजारमा, पहिलो चरणमा काठमाडौं उपत्यकामा विक्री गरिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । थाइल्याण्डको पेभिमोल कम्पनीका स्किन केयरका उत्पादनको कारोबार नेपाली बजारमा शुरु भएको छ । स्किन केयर उत्पादनलाई आधिकारिक बिक्रेता फ्रि ह्ील प्रालिले नेपाली बजारमा ल्याएको हो ।

निर्देशक प्रतिमा थापा कार्कीले काठमाडौंबाट पहिलो चरणमा कारोबार शुरु गर्न लागेको जानकारी दिए । साथै यसको कारोबारलाई नेपालभर फैलाउने बताए ।

नेपालमा पेभिलोन कम्पनीका केए क्रिम, नाइट स्क्रम, एक्नी क्रिम,लिप केयर,एक्स्प्लोर हेयर जेललगायत ६५ उत्पादन विक्री गर्न लागेको छ ।

थाइल्याण्डमा उत्पादिन उत्पादनहरु मध्ये केए यूभी प्रोटेकसन ह्वाइटनिङ २०१४ मा कस्मो रिडर्स च्वाइस अवार्ड प्राप्त गरेको थियो । त्यस्तै २०१५ मा कस्मोपोलिटन किस व्युटी अवार्ड प्राप्त गरेको थियो ।
पेभिमोल कम्पनीले थाइल्याण्डको स्वास्थ्य मन्त्रालय अन्तर्गतको थाइ फुड एण्ड ड्रग्स बिभाग बाट गुणस्तर अवार्ड २०१४ र २०१५ प्राप्त गरेको जानकारी दिएको छ ।

कम्पनीका सबै उत्पादनहरु अल्कोहल रहित भएकोले दाग,चाया पोतो चाउरीपनलगायत हटाउने प्रबन्ध निर्देशक ललितकुमार कार्कीको दाबी छ ।
कम्पनीले ल्याएका हरेक उत्पादनको बिक्रीमा १ रुपैयाँ जम्मा गरि रकम समाज सेवाका लागि खर्च गरिने बताइएको छ ।

पहिलो चरणमा न्युरोडको खिचापोखरी तथा नयाँ बानेश्वरस्थित आफ्नै आउटलेटबाट कारोबार गरिने बताउँदै फ्रि ह्विल प्रालिकी निर्देशक प्रतिमा थापा कार्की जानकारी दिइन् । त्यस्तै कम्पनीका उत्पादन उपत्यकाका सबै डिपार्टमेन्टल स्टोर लगायत कस्मेटिक पसलहरुमा पाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL