Logo

५६ अंकले घट्यो नेप्से, हकप्रदले उचालिएको हाईड्रोमा नियामकको एक्सनपछि गिरावट

५६ अंकले घट्यो नेप्से, हकप्रदले उचालिएको हाईड्रोमा नियामकको एक्सनपछि गिरावट



काठमाडौं । साताको कारोबार खुलेको पहिलो दिन नेप्सेमा उच्च गिरावट आएको छ । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा ५६ अंकले घट्न पुगेको छ ।

गतहप्तासम्म हकप्रद सेयरको हल्लाले उचालिएको बजार पछिल्लो समय नियामक निकायले हकप्रद नदिने बताएसँगै गिरावट आउन सुरु गरेको हो । गत हप्ता बुधबार जलविद्युत क्षेत्रको नियामक निकाय विद्युत नियमन आयोगले एक सूचना नै जारी गरेर लगानीकर्तालाई सुसूचित गराएसँगै गिरावट आउन सुरु गरेको बजारमा पछिल्लो समय कुनै पनि प्रयोजनका लागि तत्कालै हकप्रद नदिने बताएसँगै उच्च गिरावट आएको हो ।

विद्युत नियमन आयोगले जलविद्युत कम्पनीको हकप्रद सेयर निष्कासन सम्बन्धी निर्देशनको मस्यौदामा बैंकको कर्जा तिर्न समेत हकप्रद सेयर निष्कासन गर्न दिने विषय उल्लेख गरेसँगै उचालिएको उक्त समुहका कम्पनीहरुको मुल्य बढेको थियो । तर हकप्रदकै विषयलाई बजारमा उच्च चलखेल भएको भन्दै ऊर्जा जलस्रोत तथा सिचाई मन्त्री फम्फा भुसालले सो विषयमा चासो राख्दै हकप्रद रोक्ने प्रक्रिया अघि बढाएसँगै जलविद्युत क्षेत्रका कम्पनीहरुमा गिरावट आउन सुरु गरेको हो । जलविद्युत कम्पनीहरुले बैंकको कर्जा तथा ब्याज समेत नतिर्ने तर नकारात्मक नेटवर्थ भएका कम्पनीको समेत सेयर मुल्य उच्च रुपमा बढाएर प्रवद्र्धकहरु बाहिरिन थालेपनि मन्त्री स्वयमंलेने सो विषयमा एक्सन लिएका थिईन ।

सोही अनुरुप मंगलबार बजारमा जलविद्युत समुहमा सबैभन्दा बढि ६.२१ अंक अर्थात २३२ अंकको गिरावट आएको छ । सो समुहको १४ ओटा कम्पनीले नकारात्मक सर्किट हानेको छ भने ६ ओटा कम्पनीको सेयर मुल्य ९ प्रतिशतभन्दा माथि घट्न पुगेको छ ।

यसैगरी बजारमा विकास बैंक समुहको परिसुचकमा पनि २४४ अंकको गिरावट आएको छ । बजारमा सबैभन्दा बढि प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा परिस्ुचकमा पनि करिव २० अंकको गिरावट आएको छ । तर उच्च अंकले घटेको बजारमा फाइनान्स र निर्जीवन बीमा समुहको परिसुचक भने बढ्न पुगेको छ ।

मंगलबार दिनभर कुल १६ अर्ब १२ करोड रुपैयाँको सेयर कारोबार भएको छ । जसमा २२५ कम्पनीको २ करोड ५३ लाख कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL