Logo

नेप्से र धितोपत्र बोर्डका पदाधिकारीलाई कारबाही गर्न अर्थसमितिको निर्देशन, अर्थमन्त्रीले भने आवश्यक कारबाही चाँडै हुनेछ

नेप्से र धितोपत्र बोर्डका पदाधिकारीलाई कारबाही गर्न अर्थसमितिको निर्देशन, अर्थमन्त्रीले भने आवश्यक कारबाही चाँडै हुनेछ



काठमाडौं । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अर्थम समितिले नेपाल स्टक एक्सचेच्ज (नेप्से) र धितोपत्र बोेर्डका पदाधिकारीहरुलाई कारबाही गर्न निर्देशन दिएको छ । धितोपत्र बोर्ड र नेपाल नेप्सेका पदाधिकारीहरूले पदीय आचरणविपरीत सेयर कारोबार गरेको निष्कर्ष निकाल्दै अर्थसमितिले तत्काल कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको हो ।

समितिको शुक्रबार बसेको बैठकले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदीय आचरणविपरीत सेयर कारोबार गरेको निष्कर्ष निष्कर्श निकालेको छ ।

सर्वोत्तम सिमेन्टको सेयर बोर्डका अध्यक्ष ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले परिवारका सदस्यहरूको नाममा खरिद गरेर पदीय आचारणविपरीत काम गरेको भन्दै चर्को आलोचना भइरहेका बेला समितिले तत्काल छानबिन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई सचेत गराएको हो।

नियामक निकाय आफैंले पदीय मर्यादाविपरीत सेयर कारोबार गरेकाले तत्काल छानबिन गरी उनीहरूमाथि कारबाहीको प्रक्रिया अघि बढाउन अर्थमन्त्रालयलाई निर्देशन दिईएको हो ।

बैठकमा समितिका सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री जनार्दन शर्माले नियामक निकाय धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीहरूले पदीय मर्यादाविपरीत काम गरेकोमा सरकारको ध्यान गएको स्पष्ट पार्दै उनीहरूमाथि आवश्यक कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यसअघि नेप्से र धितोपत्र बोर्डकाका पदाधिकारीहरूले अनुचित ढंगले परिवारका सदस्यको समेत सेयर खरिद गरेको पाईएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL