Logo

पाँच अंकले घट्यो नेप्से, कारोवार रकममा पनि गिरावट

पाँच अंकले घट्यो नेप्से, कारोवार रकममा पनि गिरावट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुधबार नेप्से परिसुचक ओरालो लागेको छ । कारोवार शुरु भएको केही समय उकालो लागेको नेप्से परिसुचक त्यसता क्रमश घट्दै १ हजार १ सय ३३ अंकमा झरेको छ । दिनभर नेप्से परिसुचक कुल ४ दशमलव ८४ अंकले घटेको छ ।

अघिल्ला २ दिन कारोवार रकममा ५० करोड नाघेकोमा आज ओरालो लागेको छ । दिनभर कुल ४३ करोड रुपैयाँ बरावरको ७ लाख २५ हजार कित्ता सेयर कारोवार भएको छ । यो अघिल्लो दिनको तुलनामा १० करोड रुपैयाँभन्दाले बढी हो । त्यस्तै सेयर संख्या कारोवारमा पनि गिरावट आएको छ । दिनभर कुल १ सय २९ कम्पनीको सेयर कारोवार भएको छ ।

बजारमा प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक ९ दशमलव ९८ अंकले ओरालो लागेपछि समग्र नेप्से परिसुचक घटेको हो । यस्तै, होटल समुह २८ अंकले ओरालो लागेको छ भने बीमा समुह सामान्य मात्र घटेको छ ।

बजारमा जलविद्युत्, फाइनान्स र विकास बैंक समुह बढेपनि त्यसले खासै प्रभाव परेन ।

प्रतिक्रिया दिनुहोस्