Logo

प्रतितोला ६ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला ६ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको प्रतितोला ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ८८ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य आज बढ्दै प्रतितोला ८९ हजार ४ सय रुपैयाँ पुगेको हो । बुधबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ४ सय रहेको छ भने तेजावी सुनको मूल्य ८८ हजार ९ सय ५० रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य ११९० मा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL