Logo

नाडाको ४५ औं वार्षिक साधारण सभा तथा निर्वाचन स्थगित, कारण कोरोनाको तेस्रो लहर

नाडाको ४५ औं वार्षिक साधारण सभा तथा निर्वाचन स्थगित, कारण कोरोनाको तेस्रो लहर



काठमाडौं । नाडा अटोमोबाईल्स एशोसिएसनको ४५ औं बार्षिक साधारणसभा स्थगित भएको छ । आगामी भदौ २५ गते होटल सोल्टीमा आयोजना गर्न लागिएको साधारण सभा पछिल्लो समय बढ्दै गएको कोरोना महामारीका कारण स्थगित गरिएको एशोसिएसनले जानकारी दिएको छ ।

गत साउन १५ गते बसेको नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको केन्द्रीय कार्य समितिको १३ औं बैठकले नाडाको ४५ औं वार्षिक साधारण सभा तथा २१ औं निर्वाचन २०७८ साल भाद्र २५ गते होटेल सोल्टीमा गर्ने निर्णय गरेको थियो ।

यसका लागि नाडाले गत १९ गते काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेको थियो । काठमाडौं जिल्ला प्रशासनले कोभिड १९ को संक्रमण दर अझ उच्च हुन गई तेश्रो लहर समेत आउन सक्ने भन्दै सभा र सम्मेलन आदि गर्न नपाउने विषयमा सार्वजनिक सुचना जारी गरेको सन्दर्भमा नाडाले सो साधारण सभा तथा निर्वाचन स्थगित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्