Logo

साढे ६ अंकले बढ्यो नेप्से, कारोवार रकममा पनि बृद्धि

साढे ६ अंकले बढ्यो नेप्से, कारोवार रकममा पनि बृद्धि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मंगलबार नेप्से परिसुचक ६ दशमलव ६६ अंकले उकालो लागेको छ । बजार खुलेदेखि उकालो लागेको नेप्से परिसुचक अन्तमा १ हजार १ सय ३८ दशमलव ३८ अंकमा पुगेर अडिएको छ ।

बजारमा नेप्से परिसुचक र कारोवार रकम दुवै बढेका छन् । मंगलबार कुल ५३ करोड ३२ लाख रुपैयाँ बरावरको ८ लाख १३ हजार कित्ता सेयर कारोवार भएको छ । जसमध्ये १ सय २५ कम्पनीको सेयर कारोवार भएको छ ।

मंगलबार सवैभन्दाम बढी बीमा समुहको परिसुचक ५४ अंकले बढेको छ । यसैगरी, बजारमा प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक पनि ९ अंकले बढेसँगै समग्र नेप्से परिसुचक उकालो लागेको हो । बजारमा विकास बैंक समुह साढे ६ अंकले बढेको छ भने अन्य समुह २ अंकले उकालो लागेको छ । तर, होटल, जलविद्युत, फाइनान्स र उत्पादनमुलक समुह भने ओरालो लागका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL